२९ पुष २०७७, बुधबार

काठमाडौं, २९ पुष । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको भेला प्रहशन र कुनै कमेडि शो गर्नका लागि नभएको बताउनु भएको छ ।

काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको अगाडि देखा परेको संकटको समाधानको उपाय र संकटबाट बाहिर निस्कनेबारे छलफल गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, हामी यहाँ कुनै प्रहसन र उखान टुक्का गरेर हसाउन कमेडी सो गर्नका लागि उपस्थित भएका होइनौँ, राष्ट्र र जनताको अगाडि देखा परेको संकटको समाधान खोज्न आएका हौँ ।’


आफूहरु जनतालाई दिग्भ्रमित गर्न र उत्तेजित पार्न नभइ गम्भीर र ऐतिहासिक जिम्मेवारी बोधका साथ जुटेको अध्यक्ष प्रचण्डले बताउनु भयो । उहाँले संविधान आक्रमणमा गरेकाले संघिय लोकतान्त्रीक गणतन्त्रको रक्षाका लागि संघर्षको जिम्मेवारी आफूहरुको काँधमा आएको बताउनु भयो ।

संघिय लोकतान्त्रीक गणतन्त्रका लागि तपस्या गर्ने सबैजना यतिबेला गम्भीर भएको सुनाउदै आफ्नै आँखा अगाडि यत्रो उपलब्धीमाथि निर्मम र निरङ्कुश ढंगले प्रहार हुनु सह्य नहुने बताउनु भयो ।

आफैले निर्वाचित गरेको प्रधानमन्त्री र अध्यक्षबाट संविधान र संघिय लोकतान्त्रीक गणतन्त्रमाथि भएको प्रहारलाई सामना गर्न आफूहरुले भेला आयोजना गरेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

प्रधानमन्त्ती ओलीले अनेकौँ शहिदहरुको रगत बगाएरे समावेशी लोकतन्त्रमार्फत समानुपातिक र समावेसी प्रतिनिधित्व प्रणाली एम्बुसमा परेको बताउनु भयो । यसका बिरुद्ध अहिलेको एतिहासिक जिम्मेवारीलाई गहिरोकासाथ बोध गरेर अघि बढ्ने सबैलाई आह्वान गर्नुभयो ।

उहाँले भन्नु भयो, महान शहिदहरुले गणतन्त्रको निम्ती, समावेशी लोकतन्त्रका निम्ती, देशका सबै उत्पीडित क्षेत्र, जाति, समुदायलाई एउटा समावेशी लोकतन्त्र मार्फत समानुपातिक प्रतिनिधित्वको रुपमा स्थापित गरेको कुरा अजा एम्बुसमा परेको छ।’

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV