चीनमा मङ्गलबार १ सय १५ जना कोरोनाका नयाँ सङ्क्रमित भेटिए



प्रकाशित मिति : Jan 13, 2021

एजेन्सी, २९ पुष । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको पछिल्लो समाचारमा जनाइएको छ । चीन भित्रै सङ्क्रमणका थप १ सय १५ वटा नयाँ घटना बाहिर आएको मङ्गलबार जानकारी दिइएको हो ।

चीनको नेशनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार चीनमा मङ्गलबार १सय १५ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये १सय ७ जना त चीन भित्रैका नागरिकमा पाइएको हो । यहाँका स्थानीय नागरिकहरुबाटै ती १सय ७ जना व्यक्ति सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ ।

चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

बुधबार दिइएको जानकारीमा चिनियाँ स्वास्थ्य अधिकारीहरुले मङ्गलबार भेटिएका १ सय १५ सङ्क्रमितमध्ये १सय ७ जना स्थानीय स्तरमै आपसमा सङ्क्रमित भएको पाइएको र अरु विदेशबाट आएका हुन् । चीनले निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।

मङ्गलबार भेटिएका स्वदेशी सङ्क्रमितहरुमध्ये ९० जना त उत्तरी चीनको हुबे प्रान्तका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण बढेको पाइएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com