२८ पुष २०७७, मंगलवार
  • बाशु श्रेष्ठ,

धादिङ, २८ पुष । नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले प्रधानमन्त्री केपी शर्मा ओलिले सनकका भरमा प्रतिनिधि सभा विघटन गरेको बताएका छन् ।

मंगलबार धादिङ्गको एक श्रद्धाञ्जली कार्यक्रम बोल्दै पूर्व मन्त्री तुलाधरले राष्ट्रपतिले समेत आफ्नो मर्यादा भुलेको भन्दै कुलिङ्ग पिरियड समेतको ख्याल नगरेको बताए ।

पार्टी एकताको जगको फाइदा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको भन्दै पूर्वमन्त्री तुलाधरले असंबैधानिक कदम चालेर राष्ट्रियलाई अनिर्णय बन्दी बनाएको तर्क गरे ।

प्रधानमन्त्री ओली राष्ट्रको सधै अस्थिरता चाहने अनि अस्थिरताको फाइदा लिनको लागि ३ करोड नेपालीलाई जुवाको दाउमा राखेको उनको भनाइ थियो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक्लो पार्न ‘हामी एक हौं’ भन्दै माधब नेपाललाई समेत फकाएको उनको तर्क छ । अब न्यायालयले संसदलाई पुनःस्थापना गरेर न्याय दिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV