२८ पुष २०७७, मंगलवार

काठमाडौं, २८ पुष । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार एयर इण्डियाको विमानबाट भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुहुने भएको छ । बिहीबार नै नेपाल र भारतबीच संयुक्त आयोगको छैठौं बैठक बस्ने छ ।

परराष्ट्रमन्त्रीस्तरीय यो बैठकमा सीमा समस्या, कोरोना भाइरस विरुद्धको खोप ल्याउने लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले मंगलबार मन्त्री ज्ञवालीको भारत भ्रमणबारे औपचारिक रुपमा मिति सार्वजनिक गरेको हो । बैठकमा नेपाल–भारत सीमा समस्या सहित कोभिड–नाइन्टिन विरुद्ध सहकार्य, उर्जा, पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन र सांस्कृति लगायत नेपाल–भारत द्विपक्षीय सम्बन्धबारे छलफल हुने मन्त्रालयले जानकारी दिएको छ ।

दिल्लीमा रहँदा मन्त्री ज्ञवालीले भारतीय उच्चअधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दुई दिनसम्म चल्ने बैठकको नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिव लागयत नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरु समेत हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV