२८ पुष २०७७, मंगलवार

काठमाडौं, २८ पुष । गृहमन्त्री रामबहादुर थापाले स्थायित्वका लागि संसद विघटन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबार ललितपुरमा अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अस्थिरता पैदा हुने अवस्था आएकै कारण संसद बिघटन गरिएको बताउनुभएको हो ।

उहाँले अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री हटाउने प्रयास गरेर अस्थिरता सिर्जना गर्न खोजिएको आरोप समेत लगाउनुभयो । मन्त्री थापाले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउने कदम ठीक थियो कि थिएन भन्ने बहस हुनुपर्नेमा जोड दिनुभयो ।

राजनीति भनेको समाज परिवर्तनको दर्शन भएको र दल भनेको परिवर्तन भएको भन्दै उहाँले राजनीतिकै कारणले परिवर्तन हात पारेको जिकिर गर्नुभयो ।

उहाँले गएको तीन वर्षमा ७ प्रतिशतभन्दा बढी आर्थिक बृद्धिदर पु¥याउँदै देश विकास गरिरहँदा अहिले अवरोध गरिएको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV