२८ पुष २०७७, मंगलवार
  • तारा आचार्य

विराटनगर २८ पुस । नेपाल चिकित्सक संघ कोशी शाखाको नेयाँ नेतृत्वका लागि यहि माघ ४ र ५ गते निर्वाचन हुने भएको छ ।नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष डाक्टर फरवार्ड सिलवाल र डाक्टर कैलाश श्रेष्ठबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ भने दुवै समूहले प्यानल बनाएर चुनावी अभियानमा लागेका छन् , दुवै पक्षका उमेदवारले मंगलबार नोमिनेसन गरिसकेका छन् ।

दुवै समूहका अध्यक्षपदका उमेदवारले चिकित्सकहरुको हकहितका लागि र आइपर्ने समस्याहरुको लागि सधैं लडिरहने प्रतिबद्धताकासाथ चुनावी मैदानमा उत्रिएको बताएका छन् । डा. सिलवालले आफ्नो कार्यकालमा सचिवालय निर्माण चिकित्सकहरुको हक हितको पक्षमा कदम चलाएको कोभिड १९ को समयमा पनि परामर्शसाथै पहलकदमी गरेको बताएका छन् ।

उनले संक्रमण रोकथाम नियन्त्रण साथै संक्रमितको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामग्री स्वास्थ्य विमा व्यावस्थापनमा पहल गरेको र चिकित्सक क्षेत्रमा सुधार र कोशी शाखाको भवन निर्माण लगायतका कार्यहरु बाँकीनै रहेकाले पुन उमेद्धारी दिएको बताएका छन् । उनले चिकित्सकहरुको पेशागत हकहित, सुधारको लागि सदैव खटिने प्रतिबद्धता समेत जनाएका छन् ।

डाक्टर सिलवालले सरकारी र निजी अस्पतालहरुमा विद्यमान रहेको चिकित्सकहरुको श्रम शोषणको विषयमा पहल गरी सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । अर्का उमेद्धवार डाक्टर कैलाश श्रेष्ठ पनि चिकित्सक क्षेत्रमा केही सुधार साथै उदाहरणीय काम गर्ने भनेर चुनावी मैदानमा उत्रिएका छन् । दुवै उमेद्धवारले प्रतिवद्धता अनुसार काम गर्ने भन्दै चुनावी मैदानमा उत्रिएको बताएका छन् । करिव १२ सय भन्दा बढी चिकित्सकहरु रहेको यस शाखामा १३ कार्य समितिको तीन वर्षे कार्यकालका लागि निर्वाचन हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV