२८ पुष २०७७, मंगलवार

काठमाडौं, २८ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अन्तिम समयसम्म पनि पार्टी एकता चाहेको बताउनु भएको छ । मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशद्वारा आयोजित वृहत् कार्याकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफूहरु अन्तिम परिस्थितीसम्म पार्टी एकताको पक्षमा रहेको तर ओलील पतनको बाटो रोजेका बताउनु भयो ।

‘हामीले अन्तिम समयसम्म पार्टी एकताका लागि पहल गरेका हौं, मैले केपी ओलीलाई नै भनेको छु, तर तपाईंको पतन सुरू गर्नुभयो’ उहाँले भन्नुभयाे ।

एकता नचाहे ओलीको केही महिनाबाटै पतन सुरु हुने र आफूहरुको विजयी यात्रा सुरु हुने दावी गर्नुभयो । अध्यक्ष प्रचण्डले ओलीको उखान, टुक्का, हाँस्यव्यंग्य प्रहसन तथा भ्रमहरूलाई परास्त गर्न सडकमा उत्रनु परेको बताउनु भएको छ । उहाँले ओलीको निरंकुशताविरूद्धको आन्दोलन चुनौतीसहितको अवसर भएको बताउनु भएको छ । अध्यक्ष प्रभण्डले निर्वाचन आयोग, सर्वोच्च अदालत र जनतानको अदालतबाट आफूहरुकै पक्षमा फैसला आउने र संसद पुनर्स्थापना हुने दावी िगर्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीले अदालतलाई दवाबमा राखेर राज्यको दुरुपयोग गरेको पनि आरोप लगाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV