२८ पुष २०७७, मंगलवार

काठमाडौं, २६ पुष । ‘आर यु फ्युचर रेड्डी’ स्लोगनसहित प्रेसिडेन्सिएल बिजनेस स्कूलमा आयोजित दुईदिने आईटी करियर कन्क्लेभ सम्पन्न भएको छ ।

प्रेसिडेन्सिएल बिजनेस स्कूल र लिभिङ विथ आईसीटीको संयुक्त आयोजनामा यही पुष २५ र २६ गते आयोजना भएको कार्यक्रममा विभिन्न ५ सेसनमा २५ बढी सूचना तथा प्रविधि क्षेत्र विज्ञहरुको आफ्नो धारणा राखेका थिए ।

प्रविधि क्षेत्रमा भविष्य खोज्नेहरुलाई लक्षित गरेर आयोजना गरिएको यो आईटी करियर कन्क्लेभमा वत्ताहरुले अबको भविश्य प्रविधिसँगै जोडिएको हुदा सोही अनुकल व्यक्तिले ज्ञान आर्जन गर्ने तथा सरकारले प्रविधमैत्री वातावरणको सिर्जना गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

इमर्जिङ प्रविधिहरुबारे छलफल गर्दै सुरु भएको कन्क्लेभ अबको १० वर्षभित्र नेपालमा आईटीको विकास कस्तो हुनसक्छ ? भन्ने विषयमा गएर टुङ्गिएको थियो ।

कार्यक्रमको समापनमा बोल्दै पूर्वमन्त्री गणेश शाहले स्टार्टअप, इन्नोभेसन र उद्यमशीलतामा अबको भविश्य खोज्नुपर्ने बताए । यसैगरी आईटी विज्ञ मनोहर भट्टराईले सरकार पोलिसी निमार्णमा अघि रहेपनि कार्यान्वयन पक्ष फितलो हुदा यो क्षेत्रमा अपेक्षाकृत प्रगति हुन नसकेको बताए ।

उनले अझैपनि युवाका समस्याहरु नबुझने र नेपाली इन्नोभेसनलाई सहजीकरण नगर्ने हो भने १० वर्षमा ठूलो परिवर्तन देख्न नसकिने बताए । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले अबको १० वर्षमा इगर्भनेन्सको क्षेत्रमा बदलाब आउने बताए ।
प्रधानमन्त्रीका आईटी सल्लाहकार अश्गर अलीले विगत केहि वर्षदेखि सरकारले आईटीलाई प्राथमिकतामा काम गरिरहेको हुदा परिवर्तन सम्भव रहेको बताए ।

नागरिक एपले चाँडै मुत्र्तरुप लिने बताउदै सरकारले नारिकलाई दिने सेवाहरु अब घर बसेरै प्रविधिको प्रयोग गरेर लिन पाउने कुरा उल्लेख गरे ।

साथै, अब डिजिटल प्रविधिले अन्य क्षेत्रलाई ड्राइभ गर्नुपर्ने कुरामा जोड दिए । मेडसफ्टकी सीईओ प्रनिता उपाध्यायको अनुसार अबका दश वर्षमा घरबाटै काम गर्न सकिने तथा परम्परागत अफिसको आवश्यकता नपर्ने स्थितिको सृजना हुनसक्छ ।

साथै भौतिक पूर्वाधार र साइबर सुरक्षामा पनि एकदमै बदलाव आउने उनले बताएकी थिइन् । कार्यक्रममा कम्प्युटर वैज्ञानिक मुनि बहादुर शाक्यले आफ्ना अनुभवहरु बाढेका थिए ।

नलेज स्पेसियलिस्ट हेमपाल श्रेष्ठले सञ्चालन गरेका उक्त सेसनमा डिजिटल नेपाल र यसका एजेन्डाको विषयमा पनि छलफल भएको थियो ।

यो महत्वपूर्ण सेसनसँगै कार्यक्रममा इन्नोभेसन र टेक्नोलोजिकल उद्यमशिलता, इर्मर्जिङ टेक्नोलोजी र कनेक्टिङ ट्यालेन्ट्स टु दि वल्र्ड विषयमा पनि प्यानल डिस्कसन सञ्चालन भएको थियो ।

कार्यक्रममा धेरै सहभागीहरु भर्चुअल रुपमा पनि सहभागी भएका थिए र भौतिक रुपमा भने स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न सरोकारवाला तथा मिडियाको उपस्थिीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV