यस्तो बन्यो सञ्चारकर्मी उदयराजको आवाजमा ‘एक बारको जुनीमा’ (भिडियो)
काठमाडौं, २८ पुष । सञ्चारकर्मी उदयराज शर्माको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । सञ्चारकर्मी शर्माको आवाजमा ‘एक बारको जुनीमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
अरुण तिवारीको शब्द तथा दीपक शर्माको संगीतमा सार्वजनिक गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका हुन् ।
धादिङका विभिन्न ठाउँहरुमा छायाँकन गरिएको उक्त गीतमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ । भिडियोमा उनलाई टेलिचलचित्रहरुमा समेत चर्चा कमाइसकेकी कलाकार अनुमति नेपालीले साथ दिएकी छन् ।
भिडियोलाई कालिका पौडेलले निर्माण गरेकी हुन् ।