२८ पुष २०७७, मंगलवार

काठमाडौं, २८ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अब चुनाव कुनै पनि हालतमा रोकिन नसक्ने स्पष्ट पार्नुभएको छ ।

क्रियाशील दलित पत्रकार संघले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङ सरकारलाई काम नदिएका कारण ताजा जनादेशमा जाने निर्णय गरेको भन्दै यो प्रतिगामी कदम नभएको समेत बताउनुभयो ।

उहाँले सवै दलहरु आन्दोलनको नाममा चूनावी प्रचारमा हिडेको उल्लेख गर्नुभयो । पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालमा जस्तो ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति अहिले पनि अख्तियार गरेका कारण मुुलुकमा यस्तो अवस्था सिर्जना भएको उहाँको ठहर छ ।

मन्त्री गुरुङले प्रचण्डले माधवकुमार नेपालको ढाडमा टेकेर अध्यक्ष केपी ओलीको टाउकोमा हान्ने रणनीति बनाउँदा नेकपा भित्र कठिन स्थिति सिर्जना भएको बताउनुभयो ।

मन्त्री गुरुङले पत्रकारहरुले पनि अहिलेको अवस्थालाई सुक्ष्म बिश्लेषण गरि धारणा बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा क्रियाशील पत्रकाहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV