२८ पुष २०७७, मंगलवार
  • दान बहादुर बुढा

मुगु, २८ पुष । मुगुमा नेपाल कम्यूष्टि पार्टी नेकपाका ओली समूहले बाजा गाजा सहित र्‍याली निकहालेका छन् । र्‍यालीमा ओली समर्थकले ‘केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा, आजलाई होइन भोलिलाई, १० वर्ष ओलीलाई’ प्रचण्ड तिम्रो पाराले जनता बिगारे साराले जस्ता लगायतका नारा लगाएका थिए ।

र्‍याली पश्चातको भेलामा बोल्दै संघिय संसदका सांसद तथा नेकपा मुगु जिल्ला पार्टी ईन्चार्ज मोहन बानियाका अनुसार नेपाल कम्युनिष्ठ पार्टी भित्रका नेता पुष्पकमल दाहाल प्रचण्ड , नेता माधव कुमार नेपाल,  झलनाथ खनाल लगायतका पार्टी भित्रका नेताहरुले यो दुई तिहाईको सरकार लाई बारम्बार पार्टी सञ्चालनमा गर्न बाधा पुर्याएको लगाएका छ् । पार्टी भित्रै भाँड भैलो गर्ने गुट बन्धिको राजनिति सञ्चालन गर्ने गरेको उनको तर्क रहेको थियो ।

नेपाली जनता लाई विभिन्न प्रकारका लाञ्छना , झुक्याउने , रणभुमि बनाएको बताए । बानियका अनुसार प्रधानमन्त्री केपि शर्मा ओलिले गरेको संवैधानिक कदम सहि हो, उनले भने । वृहत भेलामा जिल्लाका नगरपालिका सहित गाउपालिकाका जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

सभालाई सम्बोधन गर्दै नेकपा मुगुका नेता डम्बर रावलका अनुसार पछिल्लो समय नेकपाका प्रचण्ड माधव नेपाल समुहहरु ब्वाँसो भएर भित्रिन थालेको उनले अडान राख्नु भएको छ । यिनिहरुले गर्दा प्रधानमन्त्री ओलि लाई बाध्य भएर संसद विघटन गर्न लाएको बताए । उनले भने जनता सुखी र समृद्ध हुन्छन भन्ने डाहा र रिसले प्रचन्ड(नेपालले प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याएका र ताजा जनादेशका लागी प्रधानमन्त्रीले प्रतिनिधी सभा विघटनको निर्णय लिएका दावी गरे ।

उनले भने नेकपा फुटेको भन्दै जनतामा चिन्ता र चासो भएको छ । पार्टी कानूनी रूपमा विभाजन भएको छैन । केही व्यक्तिहरू बाहिर मात्र गएका हुन्, एक दिन प्रचण्ड-माधव नेपाल पनि केपी ओलीको साथमा आउने नेता रावलको भनाई रहेको छ । भेलामा विधान समितिका सभापित दान सिहं परियार , केन्द्रिय सदस्य उब्जन शाही , सोनाम लामा , जिल्ला समन्वय समिमिका प्रमुख , पुर्ण बहादुर रोकाया , लगायतका नेताले सहभागिता भई तर्क राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV