२८ पुष २०७७, मंगलवार

लमजुङ, २८ पुष । लमजुङ उद्योग बाणिज्य संघमा लोकतान्त्रिक पक्षधरका व्यवसायीको जित भएको छ । नेपाली कांग्रेससँग आस्था राख्ने व्यवसायीहरुको एकताका कारण जित सफल भएको हो ।
संघको १७ औं अधिवेशनबाट लोकतान्त्रिक पक्षधरका गुणराज सिलवाल नेतृत्वमा आएका छन् । उनले प्रतिस्पर्धी श्रीकृष्ण लामिछानेलाई ३१४ मतले पछि पार्दै जित हात पारेका हुन् । सिलवालले कुल १३५९ मत पाए ।

सिलवाल बेसीशहर इकाईको सदस्य हुँदै दुई कार्यकाल संघको कोषाध्यक्ष, एक कार्यकाल तृतिय उपाध्यक्ष र एक कार्यकाल द्धित्तिय उपाध्यक्ष भई काम गरेका व्यक्ति हुन । लामिछानेले एकपटक पनि संघको निर्बाचनमा जित हात पारेका छैनन् । उनी राम कुमार श्रेष्ठको कार्यकालमा महासचिव पदमा मनोनित भएका थिए भने यसअघिको निर्बाचनमा तृत्तिय उपाध्यक्ष पदमा पराजित भएका थिए ।

यस्तै संघको प्रथम उपाध्यक्षमा लोकतान्त्रिक पक्षधरका मृगेन्द्र घिमिरे निर्बाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी विकास श्रेष्ठलाई १५९ मतले पछि पार्दै निर्बाचित भएका हुन् । घिमिरेले कुल १२४९ मत पाएका छन् । श्रेष्ठ पटक पटक संघको कार्यसमितिमा आउन चाहेपनि उनलाई व्यवसायीले रोक्दै आएका छन् ।


उता संघको द्धित्तिय उपाध्यक्षमा लोकतान्त्रिक पक्षधरका भरत कुमार श्रेष्ठ विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी भरत बहादुर विष्टलाई ३२२ मतको फरक पार्दै चुनावी मैदानबाट हटाइदिएका छन् । श्रेष्ठले कुल १३३५ मत पाएका छन् ।

यस्तै संघको तृत्तिय उपाध्यक्षमा लोकतन्त्रप्रेमी युवा व्यवसायी कृष्णजंग गुरुङ अत्याधिक मतका साथ विजयी भए । गुरुङले निकटतम प्रतिद्धन्दी रविन विश्वकर्मालाई ४१८ मतले पछि पारेका छन् । गुरुङले कुल १३८६ मत पाए ।

लोकतान्त्रिक समुहकै ंंंंंंंंमहिला सदस्यमा आईशा मिया र मनु पन्त विजयी भएका छन् । उनिहरुले क्रमशः १२८७ र ११९५ मत ल्याएका छन् । निकटतम प्रतिद्धन्दी अनुपमा पुन र कल्पना थापाले क्रमशः १००५ र १०७८ मत ल्याएका छन् ।

उता संघको खुला सदस्यहरुमा पनि सबै लोकतान्त्रिक पक्षधरकै विजयी भएको छ । खुला सदस्यहरुमा उक्त समुहका शिवराम सिलवाल, सुरेशकुमार प्रधान र प्रदिप बस्नेतले उम्मेद्वारी दिएका थिए । उनिहरुले क्रमशः १२५२, १२८८ र १२७४ मत ल्याएका छन् । निकटतम प्रतिद्धन्दीहरु युवराज पौडेल, सुरजकुमार श्रेष्ठ र वेदराज खनियाले क्रमशः १०५३, ९६४ र ९७३ मत ल्याएका छन् ।

यस्तै, संघको सात वटा इकाईमा पनि लोकतान्त्रिक पक्षधर व्यवसायीको जित भएको छ । बेसीशहर, उदीपुर, भोटेवडार, सुन्दरबजार, राईनास, दुईपिप्ले सोतिपसल र भोर्लेटार इकाईमा लोकतान्त्रिक समुहका सबै उम्मेद्वार विजयी भएका छन् । उता खुदी इकाइमा भने सहमतिका आधारमा नयाँ समिति चयन गरिएको छ । इकाईमा निर्बाचित लोकतान्त्रिक समुहका अध्यक्षहरुमा क्रमशः बेसीशहरका बिपिन श्रेष्ठ, उदिपुरका अमृत कुमार श्रेष्ठ भोटेवडारका मान कृष्ण आचार्य, सुन्दरबजारका दण्ड बहादुर सुनार, राइनसका आनन्द श्रेष्ठ, दुईपिप्ले सोतिपसलका ऋषिराम पुरी र भोर्लेटारका जाकिर हुसेन मिया रहेका छन् । उनिहरुको समुहले जित हात पारेको हो ।

संघमा २६८५ व्यवसायी आवद्ध भएपनि निर्बाचनमा भने कुल २६७६ मत खसेको थियो ।
मुलुकमा नेपाल कम्युनिष्ट पार्टी दुई फ्याक हुँदा लमजुङमा भने यसको असर देखिएको थिएन । केन्द्रमा केपी शर्मा ओली र प्रचण्ड–माधव गुटमा लागेका नेता तथा कार्यकर्ताहरु विभाजन भएपनि जिल्लामा भने उनिहरु एक भएर अघि बढेका थिए । संघको निर्बाचनमा पनि विभाजित नहुन व्यवसायीहरुलाई नेतृत्वले ह्विप नै जारी गरेको थियो । केन्द्र, प्रदेश र नगरमा समेत बर्चस्व जमाएको नेकपाको संगठन नराम्रोसँग बिग्रिएको संघको निर्बाचनले देखाइदिएको छ ।

जिल्लामा नेकपा एक भएपनि संघको नेतृत्व हत्याउन चुनावी मैदानमा उत्रिएको प्रगतिशिल व्यवसायीहरुको समुहले नराम्ररी पराजय व्यहोर्नुपरेको पार्टीका नेता तथा कार्यकर्ताहरुको भनाई छ । संघमा लोकतान्त्रिक पक्षधरका व्यवसायीको जित हुँदा नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले खुसी व्यक्त गरेका छन् । उनले निर्बाचित सबैलाई हार्दिक बधाई ज्ञापन गर्दै व्यवसायसँगै कांग्रेसको मर्मलाई नबिर्सन आग्रह गरेका छन् । पौडेलले पनि एक कार्यकाल संघ हाँकेका थिए ।

उता, संघका निवर्तमान अध्यक्ष राजेश थापाले जिल्लामा लोकतन्त्रप्रेमीहरुको जित भएको बताएका छन् । उनले संघको निर्बाचनबाट प्राप्त नतिजाले जिल्लामा कांग्रेस बलियो भएको सन्देश दिएको बताएका छन् । उनले सबै व्यवसायी एक भएर अघि बढ्न आग्रह गरेका छन् । उता संघका पूर्व परामर्शदाता समेत रहेका नविनचन्द्र घिमिरे पनि जिल्लामा कांग्रेस प्रतिको आस्था र एकता देखिएको बताउँछन् । उनले संघको निर्बाचनले यसअघि पार्टीको निर्बाचनमा अन्तरघात गर्ने केही नेतालाई गतिलो झापड दिएको बताए ।

संघको नव निर्बाचित अध्यक्ष सिलवालले आगामी दिनमा व्यवसायीको हितमा रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV