२७ पुष २०७७, सोमबार

काठमाडौं, २७ पुष । बुटवल टेवलटेनिस एकेडेमी ११ देवनगरको अयोजनामा ओपन क्यास प्राईज एण्ड स्कुल लेभल टेवल टेनिस प्रतियोगिता हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै माघ २ र ३ गते ओपन क्यास प्राईज एण्ड स्कुल लेभल टेवल टेनिस प्रतियोगिता आयोजना गर्ने जानकारी दिइएको छ । प्रतियाेगिताकाे प्रायोजन डबल ह्यापिनेस स्पोर्ट्स ब्रान्ड र लिनिंगले गर्नेछ ।

देविनगर स्थित एकेडेमीकै कभर्ड हलमै हुने खेलमा अन्डर १४ व्याईज सिंगल, अन्डर १८ व्वाईज सिंगल, मेन्स ओपन र ओमेन्स ओपनका खेलहरु हुने आयोजकले जनाएको छ ।

स्कुल देखि नै खेलाडि उत्पादन गर्ने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको बताइएको छ । जसमा १ सय ५० टिमको सहभागिता हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । प्रतियोगीताका बिजेताले नगद १० हजार, दोस्रोले ५ हजार र तेस्रोल २५ सय प्राप्त गनेए बताइएको छ ।

त्यस्तै महिला खुला तर्फ प्रथमले ५ हजार, दोस्रोले २५ सय र तेस्रोले १५ सय प्राप्त गर्ने बताइएको छ । त्यस्तै अन्डर १८ व्वाईज सिंगमा प्रथम हुनेले ४ हजार, दोस्रोले २ हजार र तेस्रोले १ हजार पाउने आयोजकले बताएको छ ।

त्यस्तै अण्डर ब्वाइज तर्फ प्रथमले ३ हजार दोस्राले २ हजार र तेस्रोले १ हजार प्राप्त गर्ने जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV