२७ पुष २०७७, सोमबार
  • मोहसिन अलि मियाँ

गोरखा, २७ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ज्यादतिबाट मुक्त हुन ताजा जनादेश एक मात्र विकल्प रहेको बताउनु भएको छ ।२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न गोरखा पुगेका अध्यक्ष थापाले नयाँ जनादेशमा जानुको विकल्प नरहेको बताउनु भएको हो ।

गोरखा संग्रहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण कार्यक्रममा थापाले एकता दिवसलाई राष्ट्रिय दिवसका रुपमा पुर्नस्थापना गरी सार्वजानिक विदा दिन माग गर्नुभयो । उहाँले नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्विर अंकित गर्न समेत सरकारसंग माग गर्नुभयो ।

राज्य एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उहाँले एकता दिवसलाई राजनीतिक मुद्धासंग जोड्न नहुने तर्क गर्नुभयो ।

पृथ्वीनारायण शाहले एकीकरण गरी एकीकृत गरेको नेपाली भूभाग लिम्पियाधुरासहितको नक्सा केपी ओली सरकारले सार्वजनिक गर्नु प्रशंसनीय कार्य भएको समेत अध्यक्ष थापाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV