२७ पुष २०७७, सोमबार
  • राजन ढकाल

काठमाडौं, २७ पुष । नेपाली बजारमा मलेसियन कम्पनी प्रोटोनका गाडी भित्रिएका छन । आधिकारिक वितरकको रुपमा जगदम्बा मोटर्सले दुई मोडलका सागा सेडान नेपाली बजारमा ल्याएकोे छ ।सागा सेडान गाडी आगामी पुष २९ गते बुधवार औपचारिक रुपमा लञ्च गर्ने योजना रहेको छ । हाल दुई मोडल स्ट्यान्डर्ड म्यानुअल ट्रान्समिसन र प्रिमियम अटोमेटिक नेपाली बजारमा आएको छ ।गाडीको मूल्य क्रमशः ३५ लाख ५० हजार र ३९ लाख ५० हजार रुपैयाँ तोकिएको छ । सेडान सेगमेन्टमा उपलब्ध यी गाडी अन्य कुनै पनि ब्राण्डका सेडान भन्दा गुणस्तरीय र सुरक्षित भएको जगदम्बा मोटर्सको दावी छ ।

गाडीमा १२९९ सीसीको फोर सिलिन्डर १६ भल्व डीओएचसी, भीभीटी इन्जिन छ, जसले ९१ पीएस पावर र ११७ एनएम टर्क जेनेरेट गर्छ । सो कारमा ५ स्पिड म्यानुअल र ४ स्पिड अटोमेटिक गियरबक्स उपलब्ध छ ।

त्यसैगरी यो गाडीमा ७ इन्चको टचस्क्रिन इनफोटेनमेन्ट सिस्टम, स्मार्टफोन कनेक्टिभिटी, चार स्पिकर र यूएसबी पोर्ट जस्ता सुविधा छन । टिल्ट एड्जस्टमेन्ट गर्न सकिने स्टेयरिङ छ । त्यसैमा अडियोका लागि स्विच छ र यसलाई ह्यान्ड्स फ्रि गर्न सकिन्छ ।

त्यसैगरी पावर विन्डो, ड्राइभर सिट एड्जस्टर आदि समेत उपलब्ध छ । कारको बाहिरी भागमा ह्यालोजन हेडल्याम्प, एलईडी डीआरएल, एलईडी टर्न सिग्नलसहितको इलेक्ट्रिक डोर मिरर र रियर स्पोइलर जस्ता विशेषता छन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV