२७ पुष २०७७, सोमबार

काठमाडौं, २७ पुष । स्वास्थ्य तथा जनसंख्या मन्त्ती हृदयेश त्रिपाठीले सरकारले कोरोना भाइरस बिरुद्धको खोप दिने व्यवस्थाको तयारी थालेको बताउनु भएको छ ।

सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले कोरोना खाेपका लागि सरकारले विभिन्न तयारी थालेको जानकारी दिनुभयो । उहाँले त्यसका लागि १६ हजार खोप केन्द्र बनाउने, ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका खटाइने तयारी भइरहेको जानकारी दिनुभयो ।

कोरोना बिरुद्धको खोप बिकास गरिरहेका मुलुकका राजदूतहरुसँग खोप खरिद गर्नेबारे छलफल भइरहेको जानकारी दिँदै मन्त्री त्रिपाठीले नेपालीहरुले खोप पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले कोरोना भाइरस बिरुद्धको खोप अन्य व्यापारिक बस्तुहरु जसरी नै सरकारले खरिद गर्ने जानकारी दिनुभयो ।

नेपालमा खोप भित्र्याउन नीजि क्षेत्रलाई पनि नरोकीने स्पष्ट पार्नुभयो । उहाँले नेपालमा आएको एक साताभित्रै खोप लगाउने कार्यंक्रमको सुभारम्भ गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV