चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन आजबाट सुरु
काठमाडौं, २७ पुस । चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन आजबाट सुरु भएको छ ।चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्का, सरोज खनाल, सन्दिप क्षेत्री, इमिली लामा लगायतको मुख्य भूमिका रहेको बताइएको छ ।
यो चलचित्रलाई रमेश एम के पौडेलले निर्देशन गर्दैछन् । चलचित्रमा कथा, गीत र लगानी पनि उनकै छ । चलचित्र प्रेमकथामा आधारित रहने जनाइएको छ । यो चलचित्र आर्यन फिल्मस् तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण हुन लागेको हो ।
चलचित्रका निर्मातामा पासाङ लामा र सह–निर्मातामा निरु भण्डारी, सुमन पौडेल, सुधिर पराजुली छन् ।
सविर श्रेष्ठको पटकथा तथा संवाद रहने यस चलचित्रमा योगेश काजीको संगीत छ ।