२७ पुष २०७७, सोमबार

काठमाडौं, २७ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्रको एकीकरणमा र आधुनिक नेपालको निर्माणमा पृथ्बीनारायण शाहको योगदान अतुलनीय रहेको बताउनु भएको छ ।

पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीको अवसर पारेर श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उहाँको योगदान अविष्मरणीयरुपमा नेपालको इतिहासमा सुरक्षित रहने उल्लेख गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार सामाजिक सञ्जाल ट्वीटमा पृथ्बीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गर्दै लेख्नु भएको छ ,’ नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ। आज उहाँको २९९ औं जन्मजयन्तीको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दछु।’

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पृथ्बीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ । उहाँले नेपाल एकीकरणको जग बसालेको तथा विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको भन्दै स्मरण गर्नुभएको छ ।

२०६२÷६३ को आन्दोलनपछि स्थापित सरकारले पुष २७ गतेका दिन पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवस नमनाउने निर्णय गरेको थियो । तर नागरिक स्तरबाट राष्ट्रिय एकता दिवस मनाउनु पर्ने दबाब सरकारमाथि निरन्तर बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV