२७ पुष २०७७, सोमबार
  • शिव डुम्रे

बुटवल, २७ पुस । नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले संसद विघटन भएमा नेपाली काङ्ग्रेस चुनावमा जान तयार रहेको बताएका छन् ।

संसद विघटन बारे सर्वोच्चले जेसुकै निर्णय गरे पनि नेपाली काङ्ग्रेसले स्वागत गर्ने बताउदै उनले संविधानले व्याख्या गर्ने अधिकार दिएको सर्वोच्चको रहेकोले सर्वोच्चको निर्णय पर्खनुपर्ने बताए ।

रिपोर्टस क्लब लुम्बिनीले बुटवल मा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले विचाराधिन विषयमा पूर्व प्रधानन्याधिसहरुले बोल्नु गलत भएको बताएका छन् । विधिको शासन र व्यवस्थाप्रति विस्वास गर्नेहरुले नै संसद विघटनका बारेमा सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको विषयमा बोल्नु गलत भएको बताएका हुन् ।

वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकिरहेको अवस्थामा केपी ओलीले संसद विघटन गर्नु सकारात्मक भएको उनले बताए । ‘करिव दुई तिहाई बहुमतको सरकार बनाएको सत्तारुढ दल नेकपामा जनताका बारेमा भन्दा बढी पदकै लागि झगडा भइरह्यो, उनको सरकारले कुनै काम गर्न नसक्ने भएपछि संसद विघटन गरेर चुनावमा जाने निर्णय गर्नु सकारात्मक हो ।’ भण्डारीले भने ।

पार्टी महाधिवेशनको सन्दर्भमा बोल्दै नेता भण्डारीले आफू स्वयं उम्मेद्बार नहुने तर नयाँ पुस्तालाई समर्थन गर्ने बताएका छन । उनले यसअघि चुनावमा हराउन बालकृष्ण खाड, बिष्णु पौडेलहरुले चुनाव क्षेत्र काटेर हराएको आरोप लगाउदै आगामी चुनावमा आफुले जित्ने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV