२७ पुष २०७७, सोमबार
  • महेश्वर के. सी.

काठमाडौं, २७ पुष । प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शनको क्रम जारी छ । विवेकशील पार्टीले साेमबार पनि माइतीघरमा प्रदर्शन गरेको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि विवेकशील पार्टीले विरोधमा प्रदर्शन गर्दै आएको छ । उसले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी काम गरेको आरोप लगाएकाे छ ।

अहिलेको सरकार अधिनायकवाद तर्फ गएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । साेमबार लाेकतन्त्र मास्ने खेल बन्द गर, लाेकतान्त्रिक नागरिककाे साथ छ, सर्वाेच्च अब तिम्राे आस छ,  अमर रहाेस् लाेकतन्त्र अन्त्य हाेस् लुटतन्त्र, लाेकतन्त्र नै एकता हाे’ लेखिएकाे प्ले कार्डसहित प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV