२७ पुष २०७७, सोमबार

काठमाडौँ, २७ पुस । पृथ्वीनारायण शाहकाे जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस- २०७७ का अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन गरेका छन् ।

साे अवसरमा सोमबार बिहान ज‌ङ्गीअड्डामा परिसरमा आयोजित विशेष समारोहमाझ प्रधानसेनापति थापाले सेनाको मुख्यालय जङ्गीअड्डामा निर्माण गरिएकाे उक्त अध्ययन केन्द्रको उद्घाटन गरेका हुन् ।

अध्ययन केन्द्रमा पृथ्वीनारायण शाह सम्बन्धी इतिहास, सामग्री, चित्रकला तथा महत्वपूर्ण दस्तावेज राखिने जनाइएकाे छ । साे क्रममा प्रधानसेनापति थापाले पृथ्वीनारायणको शालिकमा माल्यार्पण तथा सलामी अर्पण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

LIVE TV