२७ पुष २०७७, सोमबार

काठमाडाैं, २७ पुष । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ । राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक समेत रहेका शाहीको ६५ वर्षको उमेरमा गएराति दैलेखस्थित आफ्नै निवासमा निधन भएको हो ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार शाहीको गएराति साढे ९ बजे उहाँकाे निधन भएको हो । शेर्पाले सामाजिक सञ्जाल फेसबुक मार्फत् शाहीको मृत्युको विषयमा जानकारी गराउनुभएकाे छ ।

शाहीको विभिन्न अंगमा समस्या देखिएको थियो । उहाँको पुर्ख्यौली घर दैलेखमै उनको अन्तिम संस्कार गरिने भएको छ । शाही नेपाली फुटबलले पाएको उत्कृष्ट गोलकिपरमध्ये एक हुनुहुथ्याे ।

शाही सन् १९७९ देखि १९८९ सम्म नेपाली राष्ट्रिय टोलीको गोलरक्षक हुनुहुन्थ्याे । उहाँले नेपाली फुटबलको प्रशासन र व्यवस्थापकको रुपमा रहेरसमेत काम गर्नुभएकाे थियाे । नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही त्यसको सदस्य  हुनुहुन्थ्याे । पछि उहाँ एन्फाको महासचिवसम्म बन्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV