२७ पुष २०७७, सोमबार

काठमाडौँ, २७ पुष । सिसडोलबासीले १५ दिनभित्र आफूहरुको माग पूरा नगरे फोहोरमैला व्यवस्थापनलाई रोक्ने चेतावनी दिएका छन् ।
सिसडोल–बन्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिले १५ दिनभित्र ११ बुँदे माग पूरा नभए फोहोर ल्याउने काम रोक्ने चेतावनी दिएका हुन् ।

देशको राजनीतिक सरगर्मी शुरु भएलगत्तै फोहोरमाथि फोहोरी खेल शुरु भएको हो । स्थानीयबासीले तत्काल माग सम्बोधन नगरे फोहोर ठप्प पार्नेसम्मको चेतावनी दिएका छन् । उपत्यकाको फोहोर व्यवस्थापन गर्ने जिम्मेवार निकाय स्थापना नहुँदा समस्या बढ्दै गएको छ ।

समितिका संयोजक नवराज ढुंगानाले विगत १५ वर्षदेखि फोहोर थुप्रिएर आतंक मच्चाइरहेको टिप्पणी गर्नुभयो । पटकपटक जायज माग उठाउँदा आश्वासन मात्र दिइएको भन्दै यसपटक १५ दिनभित्र पूरा नगरे फोहोर मैला ल्याउन ठप्प पार्ने चेतावनी उहाँले दिनुभयो ।

उहाँले सिलडोलमा अब कि फोहोर बस्छ कि मान्छे बस्ने गरी टुंगो लगाउन सरकारसँग माग गर्नुभयो । ‘भौतिक वातावरण प्रदूषित स्थानमा मान्छे र फोहोर किन सँगै राखियोरु’ –ढुंगानाले प्रश्न गर्नुभयो। फोहोरको अन्यत्र व्यवस्थापन गर्न या सिसडोलबासीलाई उपयुक्त स्थानमा स–सम्मान व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोरमैलाको व्यवस्थापनका लागि नयाँ प्रविधिको मेसिन राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘प्रविधिमार्फत फोहोरको समाधान हुन्छ । फोहोर मैलाको व्यवस्थापनको जिम्मेवारी सरकारको होइन काठमाडौं महानगरपालिका हो ।’  यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV