२६ पुष २०७७, आईतवार

काठमाडौं, २६ पुष । नेपाल बङ्गलादेश बैंक लिमिटेडको २६ औं वार्षिक साधारण सभा आइतबार (आज) नेपाल बङ्गलादेश बैंक लिमिटेडको सभाकक्ष कमलादी काठमाडौंमा सम्पन्न भएको छ ।

बैंकको सञ्चालक समितिका अध्यक्ष ए.आर.एम नजमुस शकिबल अध्यक्षता गरेका उक्त कार्यक्रममा सञ्चालकहरू इन्द्र बहादुर थापा, मुकुन्द नाथ ढुंगेल, मोहमद साह आलम सरवर, दीपक कार्की, कमरुन नहर अहमदका साथै प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना लगायत बैंकका उच्च पदस्थ अधिकारीहरू, लेखापरीक्षकहरू, कानूनी सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

बैंकका कम्पनी सचिव विश्वप्रकाश पौडेलका अनुसार उक्त साधारण सभामा बैंकको चुक्ता पुँजीको झण्डै ५५ प्रतिशत भन्दा बढी शेयरधनीको प्रतिनिधित्व हुने गरी २५ जना मात्र शेयरधनीको भौतिक उपस्थिति रहेको थियो । त्यस्तै, ९० जनाभन्दा बढी शेयरधनीहरू जूम र बैंकको अफिसियल फेसबुक पेजबाट जोडिएका थिए ।

उक्त साधारणसभाले आ.ब. २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षण प्रतिवेदनसहितको आ.व.२०७६/७७ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुका साथै बैंकका सहायक कम्पनीहरू नेपाल बंगलादेश क्यापिटल लिमिटेड र एनबीबीएल सेक्युरिटिज लिमिटेडसहितको आ.व. २०७६/७७ को एकीकृत वार्षिक वित्तीय विवरण पारित गरेको थियो ।

बैंकले आ.ब. २०७७/७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिश गरिए बमोजिम लेखापरीक्षकसुधिर कुमार शर्मालाई पुनः नियुक्ति गरेको छ ।

आ.ब. २०७६/७७ को मूनाफा रकमबाट २०७७ असार मसान्तमा कायम रहेको चूक्ता पूँजीको २.४२ प्रतिशत (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) का दरले नगद लाभांश वितरण गर्न स्वीकृति दिनुका साथै ६ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने निर्णय समेत सर्वसम्मतिबाट पारित गरेको थियो ।

साथै बैंकको साधारण सभाले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पुँजी १५ अरब पु¥याउने र जारी तथा चुक्ता पुँजीमा बोनस शेयर जारी भए अनुरूप समसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिबाट पारित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV