२६ पुष २०७७, आईतवार

काठमाडौं, २६ पुष । नेकपाको प्रचण्ड–नेपाल पक्षले संसद विघटनका विरुद्धमा बोल्नेहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्क्याएको भन्दै भत्र्सना गरेको छ ।

पेरिसिडाँडामा आइतबार बसेको सो समूहको सचिवालय बैठकले ४ जना पूर्व प्रधानन्यायाधीशहरूले संसद विघटनका विषयमा प्रतिक्रिया दिएपछि ओलीले धम्की दिएको भन्दै भत्र्सना गरेको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले वैयक्तित स्वतन्त्रता र संवैधानिक अधिकारको हनन भएको भन्दै त्यसको रक्षाका लागि बैठकले अपील गरेका जानकारी दिनुभयो ।

बैठकले सबै नागरिक समाज, पार्टी, सबै सचेत र प्रबुद्ध व्यक्तिलाई यसप्रकारको हमलालाई एकजुट भएर परास्त गर्ने आह्वान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले ओलीले सरकारी सञ्चारमाध्यमको दुरुपयोग गरेको भन्दै तत्काल त्यो कार्य रोक्न मागसमेत गरेको उहाले बताउनुभयो ।

श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा कुनै राजनीतिक भेटघाट नभएको बताउनुभयो । दाहालको भारत भ्रमणको कुरा नितान्त आफ्नो परिवारलाई स्वास्थ्य उपचार गराउने सिलसिलामा भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV