२६ पुष २०७७, आईतवार
  • तारा आचार्य,

विराटनगर, २६ पुष । सरकारले कृषकहरुलाई उपलब्ध गराउने सेवा सुविधा तथा अनुदानहरु अन्य क्षेत्रका व्यक्तिहरुले लिइरहेका गुनासो बढेपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसान सूचिकरण व्यवस्थापन प्रणाली लागू गर्ने भएको छ ।

किसान सूचिकरण व्यवस्थापन प्रणाली लागू भएपछि कृषकको यथार्थ विवरण संकलन हुने र उनीहरुले संघीय, प्रदेश र स्थानीय सरकारले उपलब्ध गराउने सहयोग र अनुदानहरु सरल, सहज रुपमा प्राप्त गर्ने विश्वास गरिएको छ ।

सो प्रणाली बारे जानकारी दिन र स्थानीय पालिकाहरुका प्राविधिकहरुलाई प्रशिक्षित गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विराटनगरमा प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको छ ।

तीन दिनसम्म आयोजना गरिएको तालिममा किसान सूचिकरण व्यवस्थापन प्रणालीको सफ्टवेयर बारे जानकारी दिइने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव कञ्चनराज पाण्डेले जानकारी दिए ।

प्रशिक्षित प्रशिक्षकहरुले जिल्लास्तरमा गएर किसान सूचिकरण व्यवस्थापन प्रणाली बारे तालिम दिनेछन् । प्रशिक्षण कार्यक्रममा प्रदेश १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेशका निर्देशनालयहरु, कृषि ज्ञान केन्द्र, जोन र सुपरजोनका प्राविधिकहरु गरी ४० जनाको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV