२६ पुष २०७७, आईतवार
  • अभिमन्यू लामिछाने

उदयपुर, २६ पुस । उदयपुरमा शनिबार एक जना भरुवा बन्दुकसहित पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले कटारी नगरपालिका १३ मयंखुका ४० वर्षीय प्रकाशकुमार रानामगरलाई बन्दुकसहित पक्राउ परेको हो ।अवैध बन्दुक रहेको भन्ने गोप्य सुराकीका आधारमा खटिएका टोलीले मगरलाई दिउसो ३ः४० बजे घरैबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले घरमा खानतलासी लिँदा खाली अवस्थामा रहेको एकनाले बन्दुक फेला पारेपछि मगरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय कटारीका डिसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।

कटारी प्रहरीकै हिरासतमा राखेर मगरमाथि अनुसन्धान सुरु भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । जिल्लाभित्र रहेका अवैध हातहतियार संकलन गर्ने अभियान अन्तर्गत बन्दुक फेला परेको गौतमले बताए ।

जिल्लाका सबै स्थानीयतहका वडाहरुमा पनि अवैध हातहतियार राखेको भए बुझाउन प्रहरीले उर्दी जारी गरेकोछ ।

कसैले लुकाईछिपाई राखेको भए त्यस्ता हतियार कानूनविपरित हुने भएकाले बुझाउन आग्रह गर्दै प्रहरीले फेला पारे ऐन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV