२६ पुष २०७७, आईतवार
  • बसन्त खतिवडा

बारा २६ पुस । बारामा गए राति प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । जिल्लाको निजगढ नगरपालिका १३ स्थित भक्तलालमा प्रहरीलाई देख्ने वित्तिकै गाँजा तस्करले गोली चलाएपछि प्रहरीले प्रतिकार गरेको थियो । प्रतिकारमा प्रहरीले चाईनिज पेस्तोलबाट ५ राउण्ड गोली चलाएको बताएको छ ।अन्दाजी १० जनाको समूहमा रहेका गाँजा तस्करीले सूचना पाएर पुगेको प्रहरीलाई लक्षित गरी गोली चलाएको ईलाका प्रहरी कार्यालय, निजगढका प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिनुभयो । त्यस क्रममा प्रहरी मकवानपुर हेटौडा उपमहानगरपालिका ६ बस्ने ईमानसिंह तामाङलाई पक्राउ गरेको छ । निजको साथमा रहेको एक थान भरुवा बन्दुक र १०२ केजी गाँजा समेत बरामद भएको प्रहरीले जनाएको छ ।

तामाङविरुद्ध हातहतियार खरखजाना र लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाही हुने समेत जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV