२६ पुष २०७७, आईतवार
  • सविन लामिछाने

तनहुँ, २६ पुस ।  चैतमा मकै लगाउनको लागि पूर्णमाया मगर तयारी गदै बसेकी छिन् । उनले ६ आना बारीको लागि मकैको बिउ जोहो गदैछिन् । उनलाई मकै कसरी लगाउने भन्ने पिर भन्दा पनि मकै भित्राउन पाउछु की पाउदीन भन्ने चिन्ताले सताईरहेको छ । उनी भगवानसँग पोहोरको जस्तो नहोस भन्दै कामना गरिहरहेकी छिन् ।गएको वर्षको उनले ६ आनामा लगाएको मकै अधिकांश बाँदरले नष्ट्र गरेपछि उनको भकारी रित्तो भयो । उनले भनिन्,‘थोरै खेतबारीमा लगाएको अन्नबाली पनि बाँदरले सखाप पारिदिन्छ । उत्पदान राम्रो नभएपनि गुजाराको आसमा कहिले धान कहिले मकै कहिले कोदो रोपेको पनि धेरै वर्ष भयो । ’ उनी मात्र होईन जिल्लाको ऋषिङ गाँउपालिका वडा नं ३ नाजुङकी गाँउलेको अवस्था उस्तै छ । भौगोलिक र अनुकुल मौसमको कारण पयाप्त मात्रमा खाद्यनको उत्पादन नहुदाँ उनीहरुले बजारबाट खाद्यनको जोहो गर्ने गरेका छन् ।

जिल्लाको सदमुकाम दमौलीबाट उनीहरुले आफूलाई आवश्यक पर्ने दैनिक खाद्यनको जोहो गर्ने गरेका छन् । स्थानीय पूर्णबहादुर रानाभाटले आफूले उत्पादन गर्नेको खाद्यन तीन महिनाको लागि मात्र पुग्ने बताए । उनले भने,‘बल्ल तल्ल बाँदरबाट बचाएर लगाएको खाद्यन तीन महिनालाई मात्र पुग्छ । अरु बेला बजारबाटै किनेर जोहो गर्ने गरेका छौं । ’ उनले अघि भने,‘बर्खायाममा बाढीले गर्दा गाडी चल्दैन । अरु बेला नै सामान किनेर ल्याउने गरेका छौं । ’ गाँउ आउनको लागि व्यास र ऋषिङ जोड्ने सु्ढे पुल पार गर्नुपर्दछ । पुल तरेर गएपछि बगर आउँछ ।

बगरमा बर्खयाममा खोला उर्लिएर आउछ । गाँउका सबै कृषिमा निर्भर रहेकाले उनीहरुले आफूलाई पुग्ने जति मात्र उत्पदान गर्न खोज्छन् । अरुको खेतला गए कमाएको रकमले केही मात्र खर्च टर्ने स्थानीय धोर्जविर मगरले बताए । उनले भने,‘लगाएको धानबाट खासै उत्पादन हुदैन । सबैले किनेर नै चामल ल्याउन गरेका छौं ।’ गाँउमा आवश्यक पर्ने सामग्रीको लागि समेत सहरको भर पर्नुपर्दछ ।

यता कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले भौगोलिक र अनुकुल वातावरणले राम्रो उत्पादन हुन नसकेको बताउदै क्षेत्र सुन्तलाको पकेटको लागि निर्माण गर्न सकिने बताए । उनले भने,‘उच्च क्षेत्रमा रहेको हुनाले पनि सुन्तला, कागती खेतीमा राम्रो उत्पादन हुने सम्भावना देखेको छु । ’त्यस्तै उक्त गाँउ होमस्टेको लागि पनि राम्रो गन्तव्य रहने देखिएको छ । मगरको बाक्लो बस्ती रहेको उक्त ठाँउमा स्थानीय तहले होमस्टे बनाई प्रर्वद्धन गर्न आवश्यक देखिन्छ ।

गाँउलेलाई रोट्रयाक्ट वेदव्यासको न्यानो कपडा सहयोग

दमौलीमा रहेको रोट्रयाक्ट वेदव्यास क्लबले उक्त गाँउका ६४ घरधुरीलाई न्यानो कपडा वितरण गरेको छ ।क्लबको न्यानो कपडा अभियान अन्तर्गत उक्त गाँउका ६४ घरधुरीलाई न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा बोल्दै ऋषिङ गाँउपालिका वडा नं ३ को वडा सदस्य होली माया थापाले क्लबको सहयोग सहनिय रहेको भन्दै धन्यवाद व्यत्त गरिन् ।

उनले भनिन्, ‘यस्तो विकट गाँउमा आएर क्लबले सहयोग गरेको छ । यस्तो कार्यलाई निरन्तरता दिन आवश्यक छ । ’ नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँकी अध्यक्ष कल्पना गौलीले ग्रामिण भेगको महिलाहरुले नेतृत्व लिन आवश्यक रहेको बताइन्। क्लबको कार्यलाई प्रंशसा गदै उनले गा्रामीण भेगलाई केन्द्रीत रहि विकास गर्न आवश्यक रहेको बताईन् ।

सरस्वती आधारभूत विद्यालयका प्र।अ एवं स्थानीय समाजसेवी चित्रबहादुर थापाले विकासको हिसाबले गाँउ धेरै पछाडि परेको बताउदै स्थानीय स्तरबाटै विकास गर्न अग्रसर हुनुपर्ने बताए । रोट्रयाक्ट क्लब अफ कुपण्डोल र पातलगङ्गाको संयुक्त सहकार्यमा गाँउका विपन्न वर्गलाई कपडा वितरण गरिएको क्लबकी सचिव सुस्मीता रेग्मीले जानकारी दिईन् ।

क्लबकी अध्यक्ष सन्जु घलेले उक्त गाँउमा आगमी दिनहरुमा अन्य कार्यक्रमहरु समेत गर्ने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV