२६ पुष २०७७, आईतवार
  • दान बहादुर बुढा,

मुगु, २६ पुष । हिमाली जिल्ला मुगुमा एक नगरपालिकासहित तीन वटा गाउँपालिका छन् । उक्त गाउँपालिका मध्ये मुगुम कार्मारोङ्ग गाउँपालिकामा भोटे लामा समुदायको बाहुल्यता रहेको छ ।

मुगुम कार्मारोङ्गंं गाउँपालिकाका ९ वटा वडा मध्ये ८ वडा वडामा लामा, तामाङ्ग, ग्राहालगायतका भोटे समुदायको बसोबास रहेको छ ।

यतिबेला मुगुम कार्मारोङ्ग गाउँपालिकाका भोटे बस्तीहरुमा ल्होसारको चहलपहल बढ्न थालेको छ । साना बालबालिकादेखि बृद्ध–बृद्धासम्म ल्होसारको तयारीमा जुटेका छन् ।

हिन्दूहरुको महान पर्व दशै, तिहार जस्ता महान चाडहरुमध्ये बौद्ध धर्मावलम्बीहरुको महान चाड ल्होसार पनि एक हो । सोही ल्होसार पर्वलाई मध्यनजर गर्दै मुगुम कार्मारोङ्ग गाउपालिकाले सार्वजानिक विदा दिने भएको छ ।

गाउपालिकाले एक सूचना जारी गर्दै पुष २० गते गरेको निर्णय अनुसार २९ पुष र माघ २ गते (दुई दिन) सार्वजानिक विदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका अनुसार यस महान चाड ल्होसारको अवसरमा गाउपालिका भित्रका स्वास्थ्य संस्थालगायतका अत्यावश्यक तथा आकस्मिक सेवा बाहेकका अन्य शिक्षण संस्था तथा गाउपालिका अन्तर्गतका कार्यालयहरुमा दुई दिनसम्म सार्वजानिक विदा दिइएको मुगुम कार्मारोङ्ग गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थराज कठायतले जानकारी दिए ।

‘ल्होसार पर्व बौद्ध धर्मावलम्बीहरुको महान पर्व हो’, उनले भने, ‘ल्होसारको अवसरमा सबै जना रमाइलो गर्ने, नाचगान गर्ने, मिठा मिठा परिकार बनाई खाने चलन छ ।’

ल्होसार पर्वमा लामा समुदायमा एकापसका सद्भाव प्रेम साटासाट गर्ने, आफन्त छोरी ज्वाई, भान्ज भान्जी, फुपु फुवाजुलाई घरमा बोलाई मिठा परिकार खुवाउने र आफू पनि आफन्तको घरमा पाहुन जाने चलन रहेको मुगुम कामरोगंं गाउँपालिका–२ का ५७ वर्षीय च्वाया लामाले बताए ।

यसैबीच हिमाली भेगमा पर्ने साविक कर्णालीका ५ जिल्लाहरु जुम्ला डोल्पा, हुम्ला, कालीकोट र मुगुमा बसोबास गर्ने लामा समुदायको ल्होसार हिन्दूहरुले पनि मनाउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV