२६ पुष २०७७, आईतवार
  • तारा आचार्य

बिराटनगर २६ पौष । झापाको केर्खाबाट गाडी चडेर विराटनगर आएका २६ बर्षका राजकुमार थापा गाडिको सिटमा मृत भेटिएका छन् ।

आइतबार बिहान केर्खाबाट मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात प्रा।लि।को बसमा चढेर आएका उनी विराटनगर बसपार्कमा झर्ने बेलामा मृत अवस्था फेला परेका मोरङ प्रहरीले जनाएको छ ।

गाडीका सबै यात्रुहरु ओलिसकेपछि उनलाई हेर्दा मृत अवस्थामा भेटिएको गाडीका स्टापले बताएका छन् । प्रहरीले झापाको केर्खामा रहेका उनका आफन्तलाई उनकै मोवायलमा रहेको फोन नम्बरका आधारमा सम्पर्क गरेर बोलाएको छ ।

सीटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा समेत आउजाउ गर्ने गरेका गाडी स्टापलाई बताएका छन् ।

उनी मृगौला रोगी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले मृतकको साथमा रहेको मोवायलसहित अन्य सामाग्रीबाट प्रारम्भिक अनुसन्धान सुरु गरेको र थप अनुसन्धान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV