गायक बद्री केसीले गरे आत्महत्या : शुक्रबार फेसबुकमा साथी, परिवार र संसारलाई ‘गुडबाई’ लेखेका थिए



प्रकाशित मिति : Jan 10, 2021

काठमाडाैं, २६ पुष । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् ।

शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिनुभयो ।

पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आउनुभएको थियो । केही वर्षअघि नेपाल नै बस्ने गरी फएका केसी पुनः बेलायत फर्किएका थिए ।

लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनको चिरपरिचित गायक  थिए । उनी पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्थे भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए ।

आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com