२६ पुष २०७७, आईतवार
  • इरफान अली

वीरगन्ज, २६ पाैष । पर्साकाे सदरमुकाम वीरगन्जबाट शनिबार विहान ९ बजेदेखि दुई जना बालक आफ्नाे घर परिवारकाे सम्पर्कमा आएका छैनन् । वीरगन्जका हाेटेल व्यवसायीका छाेरासहित दुई बालक शनिबार विहानबाट सम्पर्कविहीन रहेकाे परिवनरजनले बताएका छन् ।

उनीहरु दुई जना ट्युसनका लागि घरबाट गएका र त्यसपछि सम्पर्कमा नआएकाे प्रणेश शर्माका पिता दिपेश शर्माले बताए । हराएका बालकहरु कक्षा ६ मा अध्यनरत रहेकाे शिवेष कलवारका पिता जगरनाथ कलवारले बताए । जगरनाथ कलवार हाेटेल तथा जग्गा व्यवसायी समेत हुन् ।

पर्सा प्रहरीले यस विषयमा आफ्नाे विशेष दस्ता त्यार गरि अज्ञात भएका बालकहरुकाे खाेजतलासमा तिब्रता ल्याएकाे पर्सा प्रहरीका प्रवक्ता तथा नायब उपरीक्षक मनाेजित कुवँरले बताए । हाल याे विषय अपहरणकाे हाे कि बालकहरु आफै कतै हिँडेका हुन्, यकिन गर्न नसकिएकाे प्रहरीकाे दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV