२५ पुष २०७७, शनिबार
  • सुरेश श्रेष्ठ,

दाङ, २५ पुष । नेपाल संस्कृत विश्व विद्यालय अन्तर्गतको बिजौरीस्थित जनता विद्यापीठमा आयुर्वेद विभाग अन्तर्गतको एएचएमा अध्ययनरत विद्यार्थीहरुले वासावलेह औषधि उत्पादन गरेका छन ।

स्थानीय जडिबुटी असुरो, मह, घिउ, चिनी र पिपला लगायतको मिश्रणबाट तयार पारिएको वासावलेह औषधि स्वास्थ्यका लागि फाइदाजनक हुने गरेको र दम, रक्तपित्त तथा रुघाखोकीको लागि बढी उपयोगी मानिन्छ ।

विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्रैले नपुग्ने भएको हुँदा प्रयोगात्मक ज्ञान र सीप दिने उदेश्य अनुसार विद्यार्थीहरुले यो औषधि उत्पादन गरेको विद्यापीठका प्राचार्य योगराज शर्माले जानकारी दिनुभयो ।

उहाँले विद्यार्थीहरुले उत्पादन गर्ने आयुर्वेदिक औषधिको उत्पादनलाई सहज र नियमित गराउने प्रयास पनि गरिएको शर्माले बताउनुभयो । प्राचार्य शर्माले आयुर्वेदमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक विषय अन्तर्गतका यस्ता कार्यक्रमहरुमा जनता विद्यापीठ क्याम्पसले सहयोग गर्दै आएको र उत्पादन मात्रै नभएर अव बजारीकरणलाई पनि सहयोग गर्ने बताउनु भयो ।

औषधि थोरै देखिएता पनि यसमा धेरै जडिबुटीको मिश्रण गरिएको र धेरै समय लागेको कार्यक्रम संयोजक डा.मनोज अधिकारीले बताउनुभयो । उहाँले आयुर्वेदको पद्धतिअनुसार उत्पादन गरिएकोले २ वर्षसम्म यो औषधि प्रयोग गर्न सकिने दावी गर्नुभयो ।

आयुर्वेद उत्तरमध्यमा एएचए दोस्रो वर्षममा अध्ययनरत विद्यार्थीहरुले प्रयोगातमक विषय अन्तर्गत यस्ता औषधिहरु उत्पादन गर्दै आइरहेका छन । आयुर्वेदको सञ्चालन भए देखि नै विद्यार्थीहरुले च्यावनप्रास उत्पादन गरेका छन ।

विद्यार्थीहरु व्यक्तिगत रुपमा लगानी गरेर पनि च्यावनप्रास बनाएका थिए । औषधि निर्माण विशेषज्ञ तथा केन्द्रीय आयुर्वेद बेलझुण्डीका प्रा.डा.सुनिल कुमारले विद्यार्थीहरुको प्रयास सराहनीय रहेको बताउनभुयो ।

विद्यार्थी धनबहादुर केसीले गुरुहरुको सहयोग र विद्यार्थीहरुको मेहनत र लगनशीलले औषधि उत्पादन गर्न सफल भएको बताउनुभयो ।

विद्यार्थीहरुले उत्पादन गरेको औषधि सार्वजनिक गर्दै जनता विद्यापीठले उनीहरुलाई प्रोत्साहित गर्नुका साथै औषधिको बजारीकरणका लागि आवश्यक सहयोग गर्ने जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV