२५ पुष २०७७, शनिबार
  • बासु श्रेष्ठ,

धादिङ, २५ पुष । नेपाली कांग्रेस धादिङ्गले प्रतिनिधि सभा विघटनको विरोधमा प्रदेश स्तरीय पूर्व घोषित विरोधका कार्यक्रमहरु विभिन्न स्थानमा गरेको छ ।

नेपाली कांग्रेस धादिङ्गले क्षेत्र नं १ को प्रदेश सभा ‘क’ को धार्के बजारमा -यालीसहित कोण सभा गरेको छ, भने ‘ख’ मा मोटरसाइल -याली निकालेको छ ।

क्षेत्र नं. २ को प्रदेश सभा ‘क’ को धादिङ्गवेशीमा -यालीसहित कोण सभा गरिएको छ, भने प्रदेश सभा ‘ख’ को किन्ताङ्गफेदीमा -याली र कोणसभा भएको नेपाली कांग्रेस धादिङ्गका नेता रामनाथ अधिकारीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेस र नेकपाका प्रचण्ड र माधव नेपाल समूहले असंबैधानिक भन्दै सरकारविरुद्ध नारा बाजी र जुलुस गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV