२५ पुष २०७७, शनिबार
  • हरिशंकर शर्मा

वीरगन्ज, २५ पुस । वीरगन्ज महानगरपालिका – २५ श्रीसियास्थित सुख्खा बन्दरगाहमा कन्टेनर ओसार पसारको लागि चाहिने ‘रिच स्टेकर’ अभावको कारण व्यापारीहरु मर्कामा परेका छन् ।सुख्खा बन्दरगाहलाई संचालनको ठेक्का पाएको प्रिस्टाइन भ्यालीले संचालन गरेको ३ वटा रिच स्टेकरले सुख्खा बन्दरगाहमा आउने कन्टेनरलाई ओसार पसार कार्यलाई धान्न नसकेको कारण आयातकर्ता व्यापारीहरु मर्कामा परेका हुन् । दिन प्रतिदिन सुख्खा बन्दरगाहमा आउने कार्गोको संख्या बढ्दै गइरहेको अवस्थामा रिच स्टेकरको संख्या बढ्न नसकेपछि व्यापारीहरुको कन्टेनर समयमा उठ्न नसकेर डिटेन्स चार्ज तिर्नु परेको उद्योगी सुरेश रुङ्गटाले जानकारी दिए ।

उनका अनुसार सुख्खा बन्दरगाह संचालक कम्पनी प्रिस्टाइन भ्यालीसँग रहेको ३ वटा रिच स्टेकरले मात्रै काम गर्ने गरेको कारण रेल्वे ¥याक आएपछि उद्योगी व्यापारीहरुको मालसामान ट्रकमा लोड अनलोड गर्न छाडेर रेल्वे ¥याकको कन्टेनर खाली गर्नमा व्यस्त भएपछि व्यापारीहरुको सामान समयमा उठ्न नसकेको बताए । रेल्वे ¥याकमा आएको कन्टेनरलाई स्टेकरको सहयोगले सुख्खा बन्दरगाहको खाली स्थानमा अनलोड गरिन्छ भने खाली कन्टेनरलाई रेलमा लोड गरिन्छ । वर्तमान अवस्थामा सुख्खा बन्दरगाहमा कम्तिमा ६ वटा रिच स्टेकरको आवश्यक्ता छ तर ३ वटा मात्रै रिच स्टेकर संचालनमा रहेकोले गर्दा लोड अनलोडमा समस्या भई व्यापारीहरुको सामान ५ दिनभन्दा बढी सुख्खा बन्दरगाहको गोदाममै राखेर डिटेन्टसन चार्ज तिर्नु परिरहेको उनको भनाई छ ।
नेपाल इन्टरमोडेल यातायात विकास समितिले पनि २ वटा रिच स्टेकर दिने भनेको थियो, तर हालम्म एउटा पनि नदिएको कारण कन्टेनर ओसार पसारमा समस्या देखिएको हो । तेश्रो मुलुकबाट जहाजमा मार्फत आएको कन्टेनरलाई कोलकत्तास्थित पोर्टबाट रेल्वे ¥याकमा लोड गरि कन्टेनर वीरगन्जस्थित सुख्खा बन्दरगाहसम्म आईपुग्छ । रेल्वे ¥याक आए पश्चात ८ घण्टाभित्र खाली गरेर पुनः फर्काउनुपर्ने भएकोले प्रिस्टाइन भ्यालीले पहिलादेखि गोदाममा रहेको व्यापारीहरुको कन्टेनरलाई ट्रकमा लोड गर्न छाडेर पहिला ¥याक खाली गर्न लागेपछि व्यापारीहरुको कन्टेनर थप एक दुई दिन त्यही राख्नुपर्ने बाध्यता हुने गरेको बताए ।

यसबारे नेपाल इन्टरमोडेल यातायात विकास समितिका अधिकृत तर्कराज जोशीले सुख्खा बन्दरगाहमा हाल ४ वटा रिच स्टेकरले काम गरिरहेको बताए । उनले प्रिस्टाइन भ्यालीसँग भएको भारतीय नम्बरको ३ वटा तथा नेपाली नम्बरको १ वटा गरी ४ वटा रिच स्टेकरले काम गरिरहेको भन्दै इन्टरमोडेलले पनि ४ वटा रिच स्टेकर दिने सम्झौता भएको छ तर ४ वटा रिच स्टेकर मर्मतको क्रममा रहेकोले कन्टेनर ओसार पसारमा समस्या देखिएको बताए । इन्टरमोडेलसँग भएको ४ वटा रिच स्टेकर विग्रेर थन्केको छ, तत्कालीन सुख्खा बन्दरगाह ठेक्का संचालक कम्पनी हिमालयन टर्मिनलले बनाएर दिनुपर्ने हो तर हालसम्म बनाएको छैन, तीन महिनाभित्र मर्मत भएर प्रिस्टाइनलाई हस्तान्तरण गरिने बताए ।

नेपाली नम्बरको ४ वटै रिच स्टेकर विग्रेको अवस्थामा

नेपाल इन्टरमोडेल यातायात विकास समितिले तत्कालीन सुख्खा बन्दरगाह संचालक ठेकेदार कम्पनी हिमालयन टर्मिनललाई उपलब्ध गराएको ना। १ झ ४४८, ना. १ झ ४४९, ना १ झ ४५० तथा ना. १ झ ४५१ नम्बरको रिच स्टेकर मर्मत हुन सकेको छैन । तत्कालीन ठेकेदार कम्पनी हिमालय टर्मिनलले भारतबाट रिच स्टेकर ल्याएर संचालन गर्ने गरेको र नेपाली नम्बरलाई थन्काएर राखेको कारण विग्रेको हो । टर्मिनलले चारवटै नेपाली नम्बरको रिच स्टेकर थन्काएर भारतबाट भाडामा ल्याइएको रिच स्टेकरबाट काम संचालन गरिदै आएको थियो । जसले गर्दा नेपाली नम्बरको रिच स्टेकरको विभिन्न भागमा झारपात समेत उम्रेको छ ।

इटली कम्पनीको पुरानो मोडेलको रिच स्टेकर भएको कारण मर्मतका लागि नेपाल तथा भारतमा यसको पार्टपुर्जा नपाएको कारण पनि उक्त रिच स्टेकरलाई थन्काइएको थियो । रिच स्टेकर थन्काइएको मात्रै थिएन, त्यसबाट विभिन्न पार्टपुर्जा पनि खोलिएको छ । ठेक्का साकार हुने बेला जुन अवस्थामा रिच स्टेकर लिएको हो, त्यही अवस्थामा दिएर जाने सहमति भएको थियो तर हिमालय टर्मिनल यहाँबाट गएपनि रिच स्टेकरलाई मर्मत गरेर चालु अवस्थामा दिएको छैन । त्यसलाई बनाउन तीन महिनाको म्याद लिएको छ तर तीन महिनाभित्र पनि मर्मत हुने अवस्था देखिदैन ।

आरटिजि क्रेन ल्याउने तयारी

नेपाल इन्टरमोडेल यातायात विकास समितिले कन्टेनर ओसार पसारका लागि रबर टायर्ड ग्यान्ट्री (आरटिजि) क्रेन ल्याउन गृहकार्य गरि रहेको छ । रिच स्टेकरले एउटा एउटा कन्टेनर मात्रै ओसार पसार गर्ने गरेकोमा आरटिजि क्रेनले एकै पटक दर्जनौ कन्टेनरलाई एक ठाउँबाट अर्को ठाउँमा लगेर व्यवस्थित गर्न सक्ने क्षमता भएकोले रिच स्टेकरको सटट आर।टि।जि। क्रेन ल्याउन नेपाल सरकारले गृहकार्य गरि रहेको छ, कागजी प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको बताए इन्टरमोडेल यातायात विकास समितिका अधिकृत जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV