२५ पुष २०७७, शनिबार
  • तारा आचार्य

विराटनगर , २५ पुस । परराष्ट्र मनत्री एवं नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पूर्व प्रधानन्यायाधीशहरुलाई निष्पक्ष र स्वतन्त्र भूमिकामा राख्नकै लागि संविधानमा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षबाहेक कुनै पनि राजनैतिक नियुक्ति नदिने उल्लेख भएको बताउनु भएको छ ।शनिवार विराटनगरमा आयोजित वर्तमान राजनीतिक परिस्थितिमा हाम्रो भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले पूर्व प्रधानन्यायाधीशबाट आएको वक्तव्यबारे उहाँहरु आफैले मननगर्नु उत्तम हुने बताउनु भयो । उहाँले प्रतिनिधि सभा विघटन बारे पूर्व प्रधानन्यायाधीशहरुबाट आएको वक्तव्य अशोभनीय रहेको बताउनु भयो ।मनत्री ज्ञवालीले पुष्पकमल दाहाल प्रचण्ड सुरुदेखि नै कम्युनिष्ट आन्दोलन एकीकरण गर्ने भन्दा पनि एकीकरणको विरोधमा लागेकोले अहिलेको अवस्थाअँएको धारणा व्यक्तगर्नुभयो ।उ हाँले एकीकरणको बाहानामा एकै थलोमा कहिले पनि समझदारीमा नआएको आरोप लगाउनु भयो । उहाँले प्रधानमनत्रीले कुनै पनि असंवैधानिक कदम नचालेको पनि स्पष्ट पार्नु भयो ।

नेपाल बुद्धिजीवी परिषद मोरङले आयोजना गरेको सो अन्तक्र्रिया कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री भानुभक्त ढकालले पार्टीको नेतृत्व युवा पुस्तालाई र सरकारको नेतृत्व अनुभवीलाई भन्ने नारा सहित अघि बढ्नुपर्ने बेला आएको बताउनु भयो ।

यसैगरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयतालाई कमजोर पार्न तथा अस्थिरता र अराजकता निम्त्याउन प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव आएको बताउनु भयो । उहाँले प्रचण्डको सत्ता कब्जा गर्ने नियतका कारण केन्द्र र प्रदेशमा अस्थिरता आएकोले यसलाई निस्तेज पार्नु पर्ने बताउनु भयो । उहाँले प्रचण्डले आप्mनै पार्टीका सहकर्मीमाथि एक तन्त्र शासन गर्दै आएको आरोप समेत लगाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV