२५ पुष २०७७, शनिबार
  • तस्वीर : महेश्वर के.सी.,

काठमाडौं, २५ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुलाई सुन्तलाको माला बाँड्नुभएको छ ।

शनिबार (आज) कमलादीको प्रज्ञा प्रतिष्ठानमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुग्नुभएको ओली समूहका अध्यक्ष ओलीले पत्रकारहरुलाई सुन्तलाको माला बाँड्नुभएको हो ।

उहाँले ठट्यौली शैलीमा ‘सुन्तला खानुस् तपाईहरु पनि’ भन्दै पत्रकारहरुलाई सुन्तलाको माला बाँड्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV