२५ पुष २०७७, शनिबार

काठमाडौं, २५ पुष । बरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन भएको छ । ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’लगायतका चर्चित गीतका लेखक रिमालको शनिबार (आज) विहान निधन भएको हो ।

कवि एवं गीतकारका रूपमा चर्चित रिमाल १९९३ माघ २० गते ठमेलमा जन्मिनुभएको थियो । जानकारी अनुसार छोटो समयमा पनि धेरै गीत सिर्जना गर्न सक्ने क्षमता भैरवनाथ रिमालसँग थियो ।

उहाँलाई उर्जाशील गीतकारको रुपमा चिनिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV