कांग्रेसको नीति, अनुसन्धान र प्रशिक्षण सम्बन्धी समन्वय गर्ने जिम्मेवारी बेल्जियमका गौतमलाई
- केजिन राई,
ब्रसेल्स, २५ पुष । प्रबासी नेपालीहरु रहेका विभिन्न देशमा नेपाली कांग्रेसको नीति, अनुसन्धान र प्रशिक्षण सम्बन्धी कामको समन्वय गर्ने जिम्मेवारी बेल्जियमका गंगाधर गौतमले पाएका छन् ।
नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समितिका यूरोप महामन्त्री रहेका गौतमलाई नीति प्रतिष्ठानका प्रमुख तथा कांग्रेस उपसभापति विमलेन्द्र निधीले प्रवासको संयोजक नियुक्त गरेका हुन् ।
नेपाली जनसम्पर्क समिति रहेका सबै देशमा एक एक जना शाखा प्रमुख नियुक्त गर्ने अधिकार समेत नेपाली कांग्रेसले महामन्त्री गौतमलाई प्रत्यायोजन गरेका छन् ।
यो बिदेशमा बसेका नेपालीहरूमा आजसम्मकै नेपाली कांग्रेसले दिएको ठूलो जिम्मेवारी हो भने महामन्त्री गौतम जनसम्पर्क समिति बेल्जियमका पूर्व अध्यक्ष समेत हुन् ।