२५ पुष २०७७, शनिबार

काठमाडौं, २५ पुष । भारत नेपाल विज्ञ एसडी मुनीले भारत नेपालमा ताजा जनादेशको पक्षमा खुलेर आएको दावी गरेका छन् ।

लामो समयदेखि नेपाल–भारत सम्बन्ध र नेपालको आन्तरिक मामिलालाई नजिकबाट नियाली रहेका मुनीले भारतीय पत्रिका हि हिन्दूस्तान टाइम्समा एक लेख लेख्दै यस्तो धारणा हुन ।

मुनीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद, त्यसलाई मिलाउन चीनले खेलेको भूमिका र पछिल्लो समयमा दुई देशको विचमा भइरहेका विभिन्न तहको भ्रमणको विचमा भारतले नेपालका हिन्दूवादीको आन्दोलनलाई मलजल गरिरहेको उल्लेख गरेका छन् ।

उनले नेपालमा राजावादी र राजनीतिक दलहरुको नयाँ राजनीतिक समीकरण बनाउने प्रयास भएको समेत उल्लेख गरेका छन् । उनले यी सबै घटनाक्रमको विचमा भारत अहिले नेपालमा ताजा जनादेशको पक्षमा खुलेर आएको आफ्नो लेखमा उल्लेख गरेका छन् ।

उनले नेपालमा पछिल्लोपटक भारतले निकै होसियारीपूर्वक र कौशल ढंगले कार्ड खेलेर आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने रुपमा प्रस्तुत गर्न खोजेको समेत उल्लेख गरेका छन् ।

सन् १९५० को शान्ति र मैत्री सन्धीको बारेमा समेत उनले विस्तृतमा ब्याख्या गरेका छन् । उनले भारत सो सन्धी परिमार्जनको पक्षमा रहेको नेपालले भारतको सुरक्षा चासो र आफ्नो विकास आकांक्षाको बारेमा कसरी सन्तुलन कायम गर्ने भन्ने सम्बन्धमा स्पष्ट पार्न नसकेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV