२५ पुष २०७७, शनिबार
  • तारा आचार्य

विराटनगर, २५ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटकीय गतिविधि बढाउन दुई दिन सार्वजनिक विदा दिने कुरा संस्थागत निर्णय भईनसकेको बताउनु भएको छ ।

शनिवार विराटनगरमा पर्यटन क्षेत्रको विकासबारे आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले बिदा दिनेबारे थप छलफल र विमर्श आवश्यक रहेको बताउनु भयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि सरकारले नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताउनु भयो ।

मंत्री ढकालले विराटनगर विमानस्थललाई क्षेत्रीय हब बनाएर पूर्व क्षेत्रमा हवाई उडान गर्ने गरी सुझाव आएकाले यसलाई सकारात्मक रुपमा लिएको बताउनु भयो ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आयोजना गरेको सो कार्यक्रममा पर्यटन व्यवसायीहरुले पूर्व क्षेत्रको पर्यटन विकासका लागि तत्कालिन, अल्पकालिन र दिर्घकालिन कार्ययोजना बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सहभागिहरुले पर्यटन नियमावलीमा संसोधन गरेर होटलको वर्गिकरणलाई सच्याउन आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV