ओली समूहका युवाहरूको शक्ति प्रदर्शन (तस्वीरमा)



प्रकाशित मिति : Jan 09, 2021

काठमाडाैँ, २५ पुस । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहका युवाहरुले राजधानी शक्ति प्रदर्शन गरेका छन् । ओली समुह निकटकाे राष्ट्रिय युवासंघ बाग्मती प्रदेश कमिटीको आयोजनामा काठमाडौंमा शक्ति प्रदर्शन भएको हो ।

पूर्वमन्त्री तथा नेकपाका युवा नेता महेश बस्नेत नेतृत्वको टोली नयाँ बानेश्वर, माइतीघर हुँदै कार्यक्रमस्थल प्रज्ञाप्रतिष्ठान तर्फ लागेकाे छ । उनीहरूले पार्टीकाे झण्डाका साथै साष्ट्रिय झण्डा र प्रधानमन्त्री ओलीकाे फाेटाे तथा सूर्य चिह्न अंकित झण्डा बाेकेका थिए ।

युवाहरूकाे प्रदर्शन प्रज्ञा भवनमा केन्द्रित भएर भेलामा परिणत हुने तथा भेलालाइ प्रधानमन्त्ती केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ ।

तस्वीर : महेश्वर केसी/न्यूज २४

 

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com