‘प्रतिनिधि सभा मार्न पाइँदैन’ भन्दै प्रदर्शनमा उत्रिएका डा गोविन्द केसीमाथि धरपकड (फोटोफिचर)



प्रकाशित मिति : Jan 09, 2021

काठमाडाैँ, २५ पुस । प्रतिनिधि सभा विघटनकाे विराेधमा डा गाेविन्द केसी प्रदर्शनमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकार स्वेच्छाचारी र निरंकुश भएकाे भन्दै साे कदमको अवज्ञा गर्न भन्दै डा. गोविन्द केसीसहित उनका समर्थकले शनिबार अहिंसात्मक नागरिक प्रदर्शन गरेका हुन् ।

प्रतिनिधि सभा मार्न पाइदैन भन्ने नारा अंकित प्ले कार्ड बाेकेर संविधानवादको रक्षा गर्न भन्दै प्रदर्शनमा उत्रिएका डा केसीसहितलाइ प्रहरीले  माइतिघरबाट धरपकड गरेकाे छ । माइतीघर मन्डलामा प्रवेश गर्न लाग्दा प्रहरीले डा केसीलाइ नियन्त्रणमा लिएकाे हाे ।

 

तस्वीर : महेश्वर केसी/न्यूज २४


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com