२५ पुष २०७७, शनिबार

काठमाडौं, २५ पुष । भारत महाराष्ट्रको एक असपतालमा शनिबार बिहान भएको आगलागीमा परि १० नवजात शिशुको मृत्यु भएको छ । समाचार एजेन्सी (एएनआई)का अनुसार सिक न्यू ब्रोन केयर युनिट (एसएनसीयू )मा शनिबार बिहान २ बजे आगलागी भएको हो ।

अस्पतालको युनिटमा १७ नवजात शिशू रहेकामा ७ शिशू भने सकुकल उद्धार गरिएको बताइएको छ । एक नर्सले अस्सपतालमा धुँवा देखेपछि आगो लागेको पत्तो लागेको थियो ।

त्यसलगत्तै अस्पताल प्रशासनलाई खबर दिइएकाले ७ शिशूको ज्यान बचाउन सफल भएको अस्पतालले जनाएको छ । मृत्यु हुने सबै शिशू ३ महिना भन्दा कम उमेरको भएको बताइएको छ ।

आगलागीका कारण शर्ट सर्किट भएको बताइएको छ । सो अस्पतालमा नाजुक स्थितीका शिशूहरुलाई उपचारका लागि राख्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV