२५ पुष २०७७, शनिबार
  • दान बहादु बुढा

मुगु, २५ पुस ।  हिमाली जिल्लाका छायानाथ रारा नगरपालिका र सोरु गाउँपालिकाका १८० जना अपांगता भएका व्यक्तिले राहत पाएका छन् । सिबिएम नेपाल, आई.एन.एफ मुगुको आर्थिक सहयोग, अपांगता पुनस्थार्पना विकास केन्द्र डार्डो नेपाल मुगु र नगरपालिका/गाउँपालिकाको साझेदारीमा उनीहरूले राहत सामग्री पाएका हुन् ।

राहत समाग्री प्राप्त गर्नेमा १ वर्षदेखि १६ वर्ष उमेर समुहका रहेको आई.एन एफ मुगुले जनाएको छ ।  कार्यालयका अनुसार यो हिमाली जिल्ला भएकाले पछिल्लो समय अत्याधिक रुपमा चिसो बढ्दै गईरहेको अवस्थामा र जाडो छल्नको लागि ८ प्रकारका न्यानो कपडा वितरण गरिएको हाे ।

राहत सामग्रीमा टोपी, थर्माकोट, हाईनेक, ज्याकेटहरू गर्मी महिनामा लाउने एक तथा जाडो समयका लागि दुई गरी तीन वटा प्रत्येक व्यक्ति लाई वितरण गरिएको छ । साथै मफलर र मोजा पनि वितरण गरिएको आई.एन.एफ मुगुका परियोजना संयोजक दलजित घर्तीले बताए ।

उनका अनुसार छायानाथ रारा नगरपालिकाका अपांगता भएका जम्मा ८० जना बालवालिकालाई न्यानो कपडा कुल ८ लाख ४८ हजार ६ सय रकम बरावरको राहत वितरण गरिएको घर्तिले जनाएका छन् । उनले भने छायानाथ रारा नगरपालिकाका ५७ जना र सोरु गाउपालिका धैनाका ४३ जना लाई स्वास्थ्य सामग्री सहित खाद्यान्न सहयोग गरिएको छ ।

जसमा प्रत्येक व्यक्तिलाई एक प्याक २५ केजी जिरा मसिनो चामल, ४ चक्की हात धुने साबुन, दुई लिटर तेल, ५० वटा सर्जिकल मास्क, दुई केजी नुन, दुई लिटर तेल, दुई केजी चिनी पनि सहयोग गरिएको अध्यक्ष बुढाको भनाई रहेको छ । कोभिड- १९ बाट आर्यआर्जनमा कमी भएका र रोजगारी नभएका व्यक्तिलाई राहत सामग्री सहयोग गरिएको आई.एन.एफ मुगुले जनाएको छ ।

विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले प्रभावित परेका अपांगता भएका व्यक्तिलाई थोरै भए पनि घाउमा मलम लागोस् भन्ने उद्देश्यले यी राहत सामग्री सहयोग गरिएको डार्डो नेपाल मुगुका अध्यक्ष सक्क बहादुर बुढाले जानकारी दिनुभयो । संस्थाले यसअघि नै कोभिड-१९ को समयमा विभिन्न स्थानमा स्वास्थ्य सामग्रीसँगै राहत प्रदान गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV