२५ पुष २०७७, शनिबार

काठमाडौं, २५ पुष । प्रधानमन्त्ती केपी शर्मा ओलीको नेकपा समुहले शनिबार बिहानैबाट काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । ओली समुह निकटका राष्ट्रिय युवासंघ बाग्मती प्रदेश कमिटीको आयोजनामा काठमाडौंमा शक्ति प्रदर्शन हुन गइरहेको हो ।

जसमसा बाग्मती प्रदेशका सबै जिल्लाका कार्यकर्ताहरु सहभागी भइ काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट र्‍याली निकाल्ने तयारी भइरहेको युवासंघ बाग्मती प्रदेश कमिटीले जनाएको छ । त्यसपछि सबै स्थानबाट आएका र्‍याली शनिबार मध्यान्न १२ बजे प्रज्ञा भवनमा भेला हुने तयारी छ । प्रज्ञा भवनमा सबै कार्यकर्ताहरको भेलापछि प्रधानमन्त्ती केपी शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।

राजधानीका विभिन्न स्थानबाट निकालिने प्रदर्शनमा रसुवा, नुवाकोट र काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५, ६ र ७ का नेता–कार्यकर्ताहरुले लैनचौरबाट सुरु गर्दै जमलमा आइपुग्ने छन् ।

सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर र काठमाडौं निर्वाचन क्षेत्र १ का साथै ४ सम्मका कार्यकर्ताहरुले नयाँ बानेश्वरबाट प्रदर्शन सुरु गर्नेछन् । त्यसपछि उनीहरु पनि जमलमा भेला हुनेछन् ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर १, २ र ३ को र्‍याली माइतीघरमा आएर अर्को समुहसँग जोडिने छ । त्यस्तैगरी मकवानपुर, चितवन, धादिङ र काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ देखि १० सम्मका कार्यकर्ताहरुको र्‍याली बिहान साढे ११ बजे सुन्धाराबाट सुरु भइ १२ बजे भित्र प्रज्ञा भवनमा आएर मिसिने छ ।

प्रधानमन्त्रीले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेको अनुमोदन भए लगत्तै बैशाखमा प्रतिनिधिसभाका निर्वाचन गर्ने घोषणापपछि नेकपा अनौपचारिक रुपमा दुई समुहमा विभाजित भएको छ । त्यसपछि ओली समुह र प्रचण्ड-माधव समुहले फरक फरक कार्यक्रमको आयोजनाहरु गर्दै आएका छन् ।

प्रधानमन्त्ती ओलीले शुक्रबार सुदुरपश्चि प्रदेशको धनगढीमा कार्यकर्ताहरुलाई सम्बोधन गर्नु भएको थियो । उता प्रचण्ड माधव समुह भने सरकारको कदम गैर संवैधानिक र निरङ्कुस भएको भन्दै सरकारबिरुद्ध आन्दोलन गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV