२५ पुष २०७७, शनिबार

काठमाडौं, २५  पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर एकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाइएको छ । ट्विटरले उनकाे एकाउन्टले सामाजिक सद्भाव खलबल्याएकाे भन्दै स्थायी प्रतिबन्ध लगाएकाे जनाएकाे हाे ।

उनकाे एकाउन्टमाथि प्रतिबन्ध लगाएकाे जानकारी दिँदै ट्विटरले लेखेको छ, ‘उनले हालै गरेका ट्वीटलाई हामीले सूक्ष्म तरिकाले समीक्षा गर्दै र हालैको वाशिंटन घटनालाई मध्यनजर गर्दै हिंसा भड्काएकोकाका कारण राष्ट्रपति ट्रम्पको एकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएका छौं ।’ साथै उक्त एकाउन्टबाट अझै पनि जाेखिम कायमै रहेकाे बताइएकाे छ ।

हालै भएकाे अमेरिकी संसदमाथिकाे हमलाले एक राष्ट्रपतिलाई ऐतिहासिक रूपमा फटाहा साबित गरेकाे उल्लेख गर्दै वाशिंटन पाेस्टले लेखेकाे छ, ‘जसले सामाजिक सञ्जालकाे प्रयोगबाट उनको राजनीतिक प्रतिष्ठा बढ्नुको साटाे घटाइदिएकाे छ । ट्विटर ट्रम्पको प्राथमिक सञ्चार भएकाे छ, जसले उनका नीतिहरू, झूटा कुरा फैलाउने, क्रूर आलोचकहरू बढाएकाे छ ।’

यसअघि जनवरी ६ मा पनि ट्रम्पकाे उक्साहटमा अमेरिकी संसदमा हिंसा भएपछि ट्विटरले उनकाे एकान्ट अस्थायी रूपमा प्रतिबन्ध लगाएकाे थियाे । तर अब स्थायी रूपमै प्रतिबन्धित भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV