२४ पुष २०७७, शुक्रबार

काठमाडौं, २४ पुष । अँग्रेजी नयाँ वर्षको अवसरमा शर्ट फिल्म ‘सहारा’ रिलिज भएको छ ।

कोरोना महामारीको समयमा चलचित्रका गतिबिधिहरु ठप्प भइरहेका बेला बेलायतमा निर्माण गरिएको शर्ट फिल्म ‘सहारा’मा कोरोनाका कारण विश्वभरी देखिएका विभिन्न समस्या, बेरोजगारी र सम्बन्धमा परेको असरलाई मुख्य विषय बनाइएको छ ।

‘सहारा’मा कलाकार ध्रुव दत्त, सृजना निङ्गलेकु र पुरु राईको अभिनय रहेको छ । नायक ध्रुब दत्त, मोडल एवं भ्लगर सृजना निङ्गलेकु बेलायती समुदायमा स्थापित नाम हो ।

चलचित्र ‘सहारा’मा लेखन, निर्देशन पुरु राईको रहेको छ । पुरुले निर्देशन गरेको यो दोस्रो छोटो चलचित्र हो । कोरोना भाइरसका कारण बढेको बेरोजगारी र बेरोजगारीका कारण एक युवा जोडीमा उत्पन्न भएका विभिन्न समस्याको वियोगान्त कथा चलचित्रमा देखाउन खोजिएको निर्देशक राईले बताए ।

निर्देशक राईले यसअघि शर्ट फिल्म ‘सम्बन्ध’ निर्देशन गरिसकेका छन् । चलचित्र ‘सहारा’मा छायाङ्कन, सम्पादन कुशल श्रेष्ठ, स्वर संगीत आशिष राज, ब्याकग्राउण्ड म्युजिक र कलर नबिन निरौलाको रहेको छ ।

टुवाईको ब्यानरमा निर्माण भएको ‘सहारा’ सोही चलचित्रकी अभिनेत्री सृजनाको युट्यूव च्यानलबाट रिलिज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV