२४ पुष २०७७, शुक्रबार

काठमाडौं, २४ पुष । सनराइज बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा शुक्रबार (आज) बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले बैंकको चुक्ता पूँजीको ५.८० प्रतिशतका दरले हुने रु. ५२,०१,३३,०६३.२९ (अक्षरेपी बाउन्न करोड एक लाख तेतीस हजार त्रिसठ्ठी रुपैयाँ र पैसा उनन्तीस मात्र) बराबरको बोनस शेयर तथा चुक्ता पूँजीको २.४८ का दरले हुने नगद लाभांश रु. २२,२४,०१,७२३.६२ (अक्षरेपी बाइस करोड चौबीस लाख एक हजार सात सय तेईस रुपैयाँ र पैसा बासठ्ठी मात्र) (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत) वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिष्ठित व्यवसायिक घराना, संस्थापक तथा कुशल व्यवस्थापक रहेको यस बैंक वि.सं. २०६४ साल असोज २५ मा स्थापना भएको यस बैंकको हाल चुक्ता पूँजी रु. ८ अर्ब ९६ करोड रहेकोमा उक्त साधारण सभाबाट पारित बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजीमा बृद्धि भई रु. ९,४८,७९,४४,४९९.३९ कायम हुन गएको छ ।

देशको विभिन्न क्षेत्रमा छरिएर रहेका सर्वसाधारण वर्ग, कृषि जन्य उद्योग, साना तथा मझौला उद्योग, जलविद्युत आयोजना, व्यापार व्यवसायमा संलग्न व्यापरिक घरानासमेतलाई बैंकको सेवामा आवद्ध एवं समाहित गर्दै सर्वसुलभ तवरले बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यलाई निरन्तरता दिदैं यस बैकले हाल १३९ वटा शाखा, ६१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटीएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV